विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप काठमाडौंमा हुने
काठमाडौँ । विश्व कप छनोट दक्षिण एशियाली क्षेत्रीय टेबल टेनिस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ ।
प्रतियोगिता साउन १४ र १५ गते काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुन लागेको हो । एशियन टेबलटेनिस युनियन (एटीटीयु) को वार्षिक कार्यक्रमअन्तर्गत अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुन लागेको प्रतियोगितामा भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपाल गरी ५ देशका खेलाडी तथा अफिसियलहरू सहभागी हुनेछन् ।
प्रतियोगितामा भारतबाट १० खेलाडी र ३ जना अफिसियल, श्रीलंकाबाट ८ खेलाडी र २ जना अफिसियल, बंगलादेशबाट ८ खेलाडी र ३ जना अफिसियल सहभागी हुनेछन् । माल्दिभ्सबाट ८ खेलाडी र ३ जना अफिसियल तथा आयोजक नेपालबाट ८ खेलाडी र ५ जना अफिसियल सहभागी हुनेछन् । प्रतियोगितामा कूल ५८ खेलाडी र अफिसियलको सहभागिता रहनेछ ।
दुईदिने प्रतियोगितामा पुरुष टिम र महिला टिम विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट विजयी हुने टिमले सन् २०२६ मा हुने विश्व टिम्स टेवल टेनिस च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

.gif)