sevenstartv.com ११ असार २०८३, बिहिवार

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ

११ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी(माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।
वितरण केन्द्रले भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको छ ।

तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले जनाएको छ ।  उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।

यस्तो छ लोडसेडिङ तालिका 

१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।

२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।

३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।