sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

रुसी विमान साइबेरियामा बेपत्ता

८ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । रुसमा झण्डै ५० जना सवार बिमान बेपत्ता भएको छ । सुदूरपूर्वी रुसमा एन्टोनोभ एन–२४ विमान बेपत्ता भएको हो ।

साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको जनाइएको छ । उक्त विमानले चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा शहरका लागि उडान भरेको थियो ।

विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाएका बताइएको छ ।  विमानमा ५ जना बालबालिका पनि रहेको जनाइएको छ । विमानको खोजीका लागि सबै शक्ति प्रयोग गरिएको छ  । यद्यपि आपतकालीन मन्त्रालयले भने विमानमा केबल ४० जना आसपास यात्रु रहेको जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्