'पूर्वराष्ट्रपतिलाई नवीकरण गरेको पार्टी सदस्यता गायब'
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता राति नै वेबसाइटबाट हटाइएको बताएका छन् ।
उनले २०८१ सालमै पार्टी सदस्यता नवीकरण गरेको बताएका हुन् । पूर्वराष्ट्रपतिलाई नागरिकका रूपमा पार्टीमा सक्रिय हुन संविधान वा विधानले नरोकेको उनले बताएका छन् ।
उनले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने भनेर केन्द्रीय कमिटीमा निर्णय सुनाइए पनि सधैंका लागि टुंगो नलागेको बताए ।
