आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति प्रचण्डको उदेक
काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा माओवादी केन्द्रमा दोस्रो तहका नेताहरुको कार्यशैलीप्रति उदेक प्रकट गर्नुभएको छ ।
माओवादी अध्यक्षककका अध्यक्ष दाहालले पार्टीको उपमहासचिव जनार्दन शर्माको पछिल्लो गतिविधिलाई लिएर विरक्तता व्यक्त गर्नुभएको हो । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले उपमहासचिव शर्मालाई पार्टीमा प्रशस्त सिँगौरी खेल्न दिएको उदारतालाई कमजोरी नठान्न चेतावनी दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले आफू माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको दाबी समेत गर्नुभएको छ । अध्यक्ष दाहालले पार्टीभित्र फरक मत राख्नेलाई आफूले कहिल्यै दमन नगरेको उल्लेख गर्नुभयो । दाहालले डा बाबुराम भट्टराई, मोहन वैद्य , नेत्रविक्रम चन्द र रामबहादुर थापा बादल लगायतका नेताहरुलाई आफूले पार्टीबाट ननिकालेको बताउनुभयो । आफूले पार्टी नछोड्न आग्रह गर्दागर्दा उहाँहरु माओवादीबाट बाहिरिएको अध्यक्ष दाहालको भनाई छ ।
दाहालले सबैप्रति उदार हुनु आफ्नो कमजोरी रहेको समेत सुनाउनुभयो ।
