sevenstartv.com १२ असार २०८३, शुक्रवार

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति : प्रधानमन्त्री

७ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले बुधबार प्रतिनिधिसभामा सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै आफू  भ्रष्टाचार नगर्ने र मुलुकमा भ्रष्टाचार  हुन नदिने अठोटमा रहेको प्रष्ट्याउनुभएको छ । यद्यपि कसैले आरोप लगाएकै भरमा भ्रष्टाचार सम्बन्धी कारबाही गर्न नसकिने प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री ओलीले तर तथ्यका आधारमा भ्रष्टाचार प्रमाणित भए त्यो सह्य नहुने बताउनुभएको छ । 

प्रधानमन्त्रीले सरकार स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्ने योजनामा रहेको जानकारी गराउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरूको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न प्राथमिकता दिएको प्रधानमन्त्रीको भनाई छ । 

सांसदहरुले उठाएका विभिन्न सवालमा जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालको विकासका प्रमुख क्षेत्र कृषि, उद्योग, पर्यटन, उर्जा रहेको उल्लेख  गर्नुभयो। यसमा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ ।