उपाधि जित्ने लक्ष्यमा नेपाल
काठमाडौं । साफ महिला यु-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र घरेलु टोली बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा हालसम्म सर्वाधिक ३० गोल गरिसकेको नेपाल लिग चरणमा बेहोरेको हारको जवाफ मैदानमै फर्काउन प्रतिबद्ध देखिन्छ । दुईबीचको खेल आज साँझ पौने ७ बजे ढाकामा हुनेछ । अपेक्षा अनुरूप उपाधि विजेताको छिनोफानो यी दुई टिमबिच हुने अन्तिम खेलबाट हुने भएको छ ।
चार टिम सम्मिलित यस प्रतियोगिता डबल लिगका आधारमा भइरहेको छ । यस प्रतियोगितामा फाइनलको प्रावधान छैन । दोहोरो लिगपछि अङ्कतालिकाको शीर्ष स्थानमा रहने टिमलाई च्याम्पियन घोषित गरिने छ । जुन उपाधि होडमा अब बङ्गलादेश र नेपाल मात्र बाँकी छन् । भु
टान र श्रीलङ्का उपाधि होडबाट बाहिरिसकेका छन् । नेपाल पहिलो पटक र बङ्गलादेश लगातार दोस्रो पटक साफ यु-२० उपाधि जित्ने अभियानमा रहेको छ । अघोषित फाइनलमा रूपान्तरण भएको अन्तिम खेलमा घरेलु टिम बङ्गलादेश केही फाइदामा छ। बङ्गलादेशले पाँच खेलबाट १५ र नेपालले चार खेलबाट १२ अङ्क बनाएका छन् ।

.gif)