आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौं । देशभर साधारणतया बदली रहनेछ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

.gif)