sevenstartv.com १२ असार २०८३, शुक्रवार

उर्जामन्त्री खड्का गृहजिल्ला संखुवासभामा

२ साउन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का आज गृह जिल्ला संखुवासभा पुगेका छन् । साउन ३ गते सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजना चैनपुर संखुवासभाको कार्यालय उद्घाटन गर्न मन्त्री खड्का संखुवासभा पुगेका हुन्  । 

उनले जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा खाँदबारीमा जिल्ला स्थित सबै राजनीतिक दलका नेतागणहरूसँग भेटघाट तथा सौहार्दपूर्ण छलफल गर्ने अवसर प्राप्त भएको बताएका छन् ।