कांग्रेस नेता डा. कोइराला र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
भण्डारी र कोइरालाबीचमा भेटवार्ता भएको हो । दुई नेताबीच देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम असन्तुष्टिको विषयमा छलफल भएको छ ।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा प्रवेश गरेको विषयले एमालेभित्र हलचल पैदा भइरहेका बेला कोइरालासँग पार्टीको आन्तरिक अवस्था र सरकारको एक वर्षको समीक्षा भएको हो ।
सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नसकेको भन्दै नेता कोइरालाले दौडधुप बढाउका हुन् ।
