जबज राजनीतिक सिद्धान्त मात्रै होइन, दार्शनिक चिन्तन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद राजनीतिक सिद्धान्त मात्रै नभई लोकहित र मानव कल्याणको दर्शन समेत रहेको बताउनुभएको छ ।
भण्डारी आवश्यक परे नेकपा एमालेको नेतृत्व लिने हैसियतले पूर्वराष्ट्रपतिको सेवा सुविधा त्यागेर राजनीतिमा सक्रिय हुन थाल्नुभएको छ । मदन भण्डारी फाउन्डेशनले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै नभई लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन भएको प्रष्ट्याउनुभएको छ ।
भण्डारीले वैदिक मन्त्रमा उल्लेख गरिएको ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया’ लाई नेपालले आफ्नो संस्कृति र संस्कार बनाउँदै आएको उल्लेख गर्नुभयो । जबजको मूल भावना पनि त्यही भएको पूर्वराष्ट्रपति भण्डारीको भनाई छ । भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षालाई एमालेले पूरा गरेरै छाड्ने दाबी समेत गर्नुभएको छ ।
