sevenstartv.com ११ भदौ २०८३, बिहिवार

इराकमा बस दुर्घटना : ३५ पाकिस्तानीको मृत्यु

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको छ ।

पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए ।

मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट सुरक्षा जाँच केन्द्र अगाडि पल्टिएपछि आगलागी भएको इरानको एक राष्ट्रिय टेलिभिजनले जनाएको छ ।'आज विहानसम्म ३५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्,' इरानी टेलीभिजनले समाचारमा उल्लेख गरेको छ।

याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताएका छन् । 

 

यो पनि पढ्नुहोस्