sevenstartv.com १२ असार २०८३, शुक्रवार

किसानको माग अनुसार मल उपलब्ध गराउन संसदीय समितिको निर्देशन

२६ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिनुभयो । सरकारले अहिले स्थानीय सहकारीमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ । 

बैठकले समितिको २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यो प्रतिवेदनलाई असार ३१ गते सदनमा पेस गर्ने तयारी छ ।