sevenstartv.com १२ असार २०८३, शुक्रवार

बाढीे पीडितलाई राहत र पुनःनिर्माणमा ध्यान दिन माओवादीको आग्रह

२६ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रले हालै आएको बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । 

माओवादी केन्द्रको बिहीवार पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले बाढी पहिरो गायतका प्राकृतिक विपतबाट जोगाउनका लागि पूर्वतयारीमा लाग्न सरकारसँग माग  गरेको छ । पार्टीका प्रवक्ता अग्नि सापकोटाले  बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनताको जिउधनको रक्षा गर्न र जोखिम हुनबाट जोगाउनका लागि पूर्वतयारीमा लाग्न सरकारसँग माग गरेको बताउनुभयो । 

प्रवक्ता सापकोटाले साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने निर्णय समेत भएको जानकारी गराउनुभयो । माओवादी नेता सापकोटाले संघीय निजामति ऐनमा कुलिङ पिरियड छेडखानी सम्बन्धमा समितिमा भएको सहमति अनुसार नै राष्ट्रियसभाबाट पारित गर्नेतिर पहलकदमी लिने बारेमा छलफल भएको बताउनुभयो ।