sevenstartv.com १२ असार २०८३, शुक्रवार

कांग्रेसमा डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही

२५ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न्न तहका डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ ।  कांग्रेसले गएको निर्वाचनमा पार्टीले तय गरेको तथा समर्थन गरेका उम्मेदवार विरुद्ध लागेका नेताहरुलाई कारबाही गरेको हो ।

कांगेसको केन्द्रीय अनुशासन समितिले २०७९ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको तथा विरुद्ध लागेको आरोपमा कारबाहीको डन्डा चलाएको हो । पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडिओ/भिडिओ लगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणका आधारमा पार्टीका नेता तथा कार्यकर्तालाई निष्कासन/निलम्बन गर्ने निर्णय गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ । 

संयोजक  ढुङ्गानाका अनुसार कारबाहीमा पर्नेमा तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसम्म छन् । 

खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता पनि कारबाहीममा परेका छन् । कांग्रेसले उनीहरुको गतिविधिबारे शुरुमा स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआएपछि  पार्टीको विधान २०१७ (संशोधन सहित) धारा ३४ अनुसार कारबाही गरेको हो ।