sevenstartv.com १२ असार २०८३, शुक्रवार

त्रिविका उपकुलपतिद्वारा शपथ ग्रहण

२५ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । त्रिभूवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा. दीपक अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

बुधबार प्रधानमन्त्री एवं त्रिभूवन विश्व विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिए । 

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरका हुन् ।