संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छ : सांसद नेम्वाङ
काठमाडौं । नेकपा एमालेका सांसद् सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद् नेम्वाङले यस्तो बताएका हुन् । उनले संसदको अधिकांश समय आरोप-प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखे ।
उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । उनले नीति नियमहरुलाई अझै प्रभावकारी बनाएर जनतामा सकारात्मक सुधार भएको सन्देश दिनु अपरिहार्य रहेको बताए ।
