सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु सहकारीको हिमायती बनेर हिँडिरहेका छन् : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरु क्रियाशिल रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रुपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर काम भइरहेको बताए ।
सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु नै सहकारीको हिमायती बनेर प्रचारमा हिँडिरहेको जिकिर गरे । यस्ता कुरामा सजग हुनुपर्ने र सहकारीलाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।
