sevenstartv.com १२ असार २०८३, शुक्रवार

मुनरो डक्ट्रिनबारे अभिव्यक्ति दिएका रास्वपा उपसभापति वाग्लेमाथि छानविन गर्न कांग्रेस प्रमुख सचेतकको माग

२५ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुनैपनि राजनीतिक दलले राष्ट्रद्रोह र राज्यप्रति घृणा फैल्याउने विषयलाई क्षमा दिन नसकिने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्  । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेले मुनरो डक्ट्रिनको व्याख्या गर्नुभएको भन्दै यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने बताए । के प्रसंगमा मनरो डक्ट्रिनको व्याख्या नेपालको सन्दर्भलाई जोडेर गर्नुभएको हो रु त्यो कुराको व्याख्या माग गर्नुभयो । नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक भएको जिकिर गरे । 

सार्वभौम सत्ता सम्पन्न राष्ट्रको विषयमा सदनको सदस्यले यस्तो अभिव्यत्ति दिँदा सरकार किन बेखबर भन्दै प्रश्न गरेका छन् । सरकारलाई सूचना भए राष्ट्रद्रोहको गम्भीर अपराधमा सरकार किन मौन बसेको भन्दै प्रश्न गरे । यसबारेमा छानविन गर्न माग गरे । उनले रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्ले र तत्कालीन महामन्त्री डा. मुकुल ढकालले भारतीय राजदुतसँगको भेटमा नेपाल पनि भारतकै स्वायत्तता रुपमा रहेको र गर्दै नेपालले भारतले भनेको मान्नुपर्ने कुरा गरेको राष्ट्रिय टेलिभिजनमै भनेकाले यसबारे पनि गम्भीर बन्न जरुरी रहेको बताए ।