एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय युवा संयोजक पदमा घिमिरेको उम्मेदवारी घोषणा
काठमाडाैं । अष्ट्रेलियामा रहेका नेपाली समुदायको साझा संस्था एनआरएनए अष्ट्रेलियाको आगामी २०२५-२०२७ कार्यकालका लागि राष्ट्रिय युवा संयोजक (Youth Coordinator) पदमा पुकार घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली युवा समुदायका सक्रिय अभियन्ता घिमिरेले यसअघि नेशनल यूथ फोरम सचिव र स्पोर्ट्स कोअर्डिनेटर (क्विन्सल्याण्ड) को जिम्मेवारी सम्हालेका थिए । युवा सम्बन्धी विषयमा सकारात्मक दृष्टिकोण र समर्पित भावनासहित अघि बढेका घिमिरेले अबको कार्यकाललाई अझ प्रभावकारी र समावेशी बनाउन संकल्प गरे ।
उनले प्रस्तुत गरेकाे उम्मेदवारी घोषणामा आगामी कार्यकालमा आफूले केन्द्रित रूपमा ध्यान दिने मुख्य बुँदाहरू
-युवाबीच मानसिक स्वास्थ्यप्रति चेतना बढाउने: खेलकुद कार्यक्रम र वेलनेस सेसनमार्फत युवा वर्गलाई मानसिक सशक्तीकरणको बाटोमा डोर्याउने।
-युथ कन्क्लेवको निरन्तरता र विस्तार: युवाहरूको आवाजलाई राष्ट्रिय मञ्चमा पु¥याउने उद्देश्यसहित देशव्यापी युथ कन्क्लेवको आयोजना र नविकरण।
– राज्य र टेरिटोरीस्तरका समन्वयकर्तालाई सहयोग र सशक्तीकरण: सबै राज्यमा रहेका युवा संयोजकहरूसँग सहकार्य गर्दै स्थानीय तहमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने।
-दोस्रो पुस्ताका नेपाली–अष्ट्रेलियालीहरूलाई नेतृत्वमा जोड्ने: युवालाई नेतृत्व विकास र समुदायमा सक्रिय संलग्नताका अवसरहरू प्रदान गर्ने।
-बहुसांस्कृतिक तथा युवा–केन्द्रित संस्थासँग सहकार्य: साझा कार्यक्रम, परियोजना र अभियानमार्फत समावेशी र दिगो प्रभाव निर्माण गर्ने।
-खेलकुदका विविध कार्यक्रमको आयोजना: विभिन्न रुचि, क्षमता र सांस्कृतिक पृष्ठभूमि भएका युवाका लागि लक्षित खेलकुद कार्यक्रम तथा प्रतिस्पर्धाहरू आयोजना गर्ने।
उनले चाँडै विस्तृत कार्ययोजना (Action Plan) सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिंदै सम्पूर्ण नेपाली समुदायसँग सुझाव, समर्थन र निरन्तर हौसला प्रदान गर्न आग्रह गरेका छन् ।
एनआरएनए अष्ट्रेलियाको निर्वाचन आउँदो जुलाई २६ मा सम्पन्न हुँदैछ । युवाको प्रतिनिधित्व गर्ने संयोजक पदका लागि घिमिरेको उम्मेदवारीलाई नेपाली समुदायका विभिन्न वर्गबाट सकारात्मक चासो र समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ।
