सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले-कांग्रेसबीच कुनै समस्या छैन : बर्तौला
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरु एमाले-कांग्रेसबीच कुनै समस्या नरहेको बताएका छन् ।
सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले दुई दलहरुबीच मजबुत समझदारी भएको दोहोर्याउदै अन्य दलहरु सरकारमा आउने र छोड्ने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।
उनले संविधान संशोधन गर्ने निष्कर्षमा दुई दलहरु पुगिसकेको उल्लेख गर्दै के कुरामा संशोधन गर्ने भन्ने विषयमा आवश्यक छलफल हुनुपर्ने पनि बताए । संविधान संशोधनको प्रक्रियालाई निष्कर्षमा पु¥याउने गरेर सत्तारुढ दलहरु अगाडि बढ्ने उनको दाबी छ ।
