देउवाले सम्झिए गिरिजाको योगदान
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा गणतन्त्र ल्याउनमा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदान रहेको बताउनुभएको छ ।
कांग्रेस सभापति देउवाले शनिबार जय नेपाल फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा आफू र पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालासँग सम्बन्धित विभिन्न घटना स्मरण गराउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले कार्यक्रमममा कांग्रेसका तत्कालीन सभापति कोइरालासँग पार्टी संचालनको सवालमा विभिन्न पटकको मतभेददेखि आफूले पार्टी फुटाउँदाको घटना सुनाउनुभयो ।
कांग्रेस सभापति देउवाले स्वर्गीयलाई आफूले एक पटक गिरिजा र राजा ज्ञानेन्द्र उस्तै हु्न् सम्म भनेको प्रसंङ्ग समेत स्मरण गराउनुभयो । आफूले बेग्लै पार्टी खोले पनि २०६१ को माघ १९ को कदम लगत्तै जेल परेर छुटेपछि कोइरालाले मिल्नुपर्छ भनेर सम्झाएपछि दुई पार्टी एकीकरण हुने वातावरण बनेको देउवाको भनाई छ ।
