sevenstartv.com १३ असार २०८३, शनिवार

कांग्रेस नेता निधिद्वारा एमालेको आलोचना, सहमति पालना नगरेको आरोप

२१ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्ता सहयात्री नेकपा एमालेको चर्को आलोचना गर्नुभएको छ । 

पूर्वउपप्रधानमन्त्री निधिले एमालेले कांग्रेससँग गठबन्धन गर्दाको न्यूनतम् शिष्टचार समेत पालना नगरेको भन्दै आलोचना गर्नुभएको हो । 

कांग्रेस नेता निधिले शनिबार जनकपुरमा पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटघाटमा कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले यसलाई बेबास्ता गर्दै आफ्नै ढंगले चलिरहेको बताउनुभयो । ‘स्मारक भवन शिलान्यासमा पनि एमालेले अवरोध गरेको भन्दै निधिले गृहनगर, नारायण नगरपालिकामा एमालेले बजेट पारित गर्न नदिएको गुनासो गर्नुभयो । 

यो पनि पढ्नुहोस्