बाजागाजाहरु जनताका आवाज पनि हुन् : उपप्रमुख डंगोल
काठमाडौं । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरु पनि रहेको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका मूर्त र अमूर्त सम्पदाहरु रहेको बताइन् । मूर्त सम्पदाहरु शरीर जस्तै भएको बताउँदै मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने बताएकी छन् । अमूर्त सम्पदाको महत्वपूर्ण पाटो भनेको संगीत भएको बताइन् ।
