sevenstartv.com १४ असार २०८३, आइतवार

नेपालको शहरी जनसंख्या २७ प्रतिशत, काठमाडौं उपत्यकामा इन्टरनेटको पहुँच ७८ प्रतिशतमा

२० असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपालमा शहरी जनसंख्या २७ प्रतिशत रहेको छ । शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । शहरी जनसंख्या वागमती प्रदेशमा सबैभन्दा बढी ५६ प्रतिशत शहरी जनसंख्या बसोवास गर्ने गरेको छ । 

काठमाडौं उपत्यकामा ९१.७ प्रतिशत शहरी क्षेत्रमा बसोवास गर्दछन् । शहरीकरण प्रँयः खेतीयोग्य जग्गामा भइरहेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा झन्डै १७ प्रतिशत खेतीयोग्य जग्गा शहरीकरणका कारणले घटेको जनसंख्या शाखाका निर्देशक राजन सिलवालले बताए । 

सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशमा खेतीयोग्य जग्गा थोरै भएको र भविष्यमा ठूला ठूला शहरीकरणका सम्भावनाहरु यि प्रदेशमा कम हुनसक्ने आँकलन गरिएको बताउनु भयो । महानगरहरुमा भाडामा बसोवास गर्नेहरुको संख्या धेरै ९करिव ४३ प्रतिशत० रहेको छ । गाउँपालिकामा भाडाका घरमा बसोवास गर्ने परिवार संख्या २.६ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको बताए । 

इन्टरनेटको पहुँच काठमाडौं उपत्यकामा झन्डै ७८ प्रतिशत भन्दा माथि रहेको देखिएको छ । शहरीकरण हुँदै जाँदा व्यक्तिहरुको इन्टरनेटमा पहुँच पनि विस्तर हुँदै गइरहेको तथ्यांकले देखाएको छ । आर्थिक रुपमा सक्रिय जनसंख्या पनि विस्तारै बढ्दै गएको उनले बताए । 

शहरीकरणसँगै आफ्नै घरमा बस्ने भन्दा भाडका घरमा बस्ने परिवारहरुको संख्या बढी रहेको छ । शहरीकरण वागमती, कोशी, मधेस र लुम्बिन्धी प्रदेशमा क्रमशः बढी रहेको छ । जनगणना २०७८ अनुसार प्रत्येक ४ वटा नगरपालिकामध्ये एउटामा ऋणात्मक जनसंख्या वृद्धि रहेको पाइएको छ ।

सम्बन्धित समाचार