खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न नेविसंघको माग
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शिक्षा विधेयकमा खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्नुपर्ने व्यवस्था गर्न माग गरेको छ ।
नेविसंघले विज्ञप्ति जारी गर्दै शिक्षक छनोट पद्धतिलाई योग्यताको आधारमा सत प्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्त गर्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
नेविसंघले सहमतिअनुसार असार १५ गतेभित्र शिक्षा विधेयक जारी नहुनु खेदजनक रहेको पनि बताएको छ । नेविसंघले अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने, नभए आन्दोलनका सशक्त कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने समेत चेतावनी दिएको छ।
