sevenstartv.com ६ मंसिर २०८२, शनिवार

यू-१६ युथ लिग आजदेखि, उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी र श्रीभगवती क्लब भिड्दै

२० असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यु(१६ युथ लिग प्रतियोगिता शुक्रबार शुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  दिउँसो १ बजे शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी र श्रीभगवती क्लब भिड्नेछन् । 

फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम (टीडीएस) अन्तर्गत आयोजना हुने प्रतियोगितामा ए डिभिजनका १४ क्लब सहभागी हुँदैछन् । थ्रीस्टार क्लबले प्रतियोगिता खेल्न पाउने छैन भने थ्रीस्टारको स्थानमा एपीएफ क्लबले सहभागिता जनाउने छ ।  बी डिभिजनबाट ए डिभिजन लिगमा बढुवा भएका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबले पनि सहभागिता जनाउनेछन् । 

डबल राउण्ड रोबिन लिग प्रणालीमा खेलाइने प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । विजेता टोलीलाई ट्रफी सहित एक लाख, उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिइनेछ। फेयर प्ले टिमलाई पनि १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुने हरेक टोलीलाई तयारी खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ दिइने जनाइएको छ । 

प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ छ। यसकान लागि फिफाबाट ५० हजार डलर प्राप्त हुनेछ। बाँकी खर्च एन्फाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताका सबै खेल एन्फा टीभी यूट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने प्रवक्ता शाहले जानकारी दिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्