sevenstartv.com २० वैशाख २०८३, आइतवार

'विपक्षी दलले उठाएको माग सम्बोधन हुनेछ'

२० असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विपक्षी दलले उठाएको माग गम्भीरता साथ लिएको बताएका छन् ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि विपक्षी दलले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री लामाले विपक्षी दलहरूले उठाएको विषय वस्तुलाई सरकारले सकारात्मक रूपमा लिएको बताएका हुन् । 

बजेट विवादका कारण पटक पटक रोकिँदै आएको बैठक बिहीबार दिउँसो सभामुख भुवनकुमार पाठकको संयोजनमा बसेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेको थियो। बागमती प्रदेशका ६ दलबीच भएको छलफलमा बजेटमा छुटेका विषयलाई सम्बोधन गर्ने सहमति सँगै बैठक शुरु भएको थियो । 

बैठकले बजेटलाई सन्तुलित र व्यवस्थित बनाउन सरकारले आवश्यक काम गर्ने गरी लिखित सहमति गरिएको छ ।  बजेटमा भएका कमीकमजोरी सुधार गर्दै टुक्रे योजनालाई समेत व्यवस्थापन गर्नेगरी सहमति गरेको छ । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, एमालेसहित प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी सहभागी थिए ।

 बजेटमाथिको विवादका कारण प्रदेशसभा बैठक गत असार १२ गतेदेखि प्रभावित बन्दै आएको छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्