सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सर्वहारा वर्गको अधिनायकत्व वा सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव नरहेको बताएका हुन् ।
उनले मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुले कायम गरेको हैकमलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेको बताए ।
समाजवादको आधार निर्माणको मुख्य तगारो दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद रहेको बताए । अहिले विचौलियाहरुले नेपाली अर्थतन्त्रलाई कब्जा गर्ने प्रक्रिया चलेको बताएका छन् ।
