एकीकृत समाजवादीद्वारा पार्टीको आगामी कार्ययोजनाबारे छलफल
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको हो ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको सचिवालय बैठक असार १३ गतेदेखि नै जारी रहेको र आज छोटो समय बसेर स्थगित गरेको बताए । सचिवालयका केही सदस्यहरुमा भएको स्वास्थ्य समस्याका कारण बैठक लामो समय बस्ने नसकेको उनको भनाइ छ ।
बैठकमा समसामयिक राजनीति परिस्थितिको विश्लेषण, पार्टी अध्यक्ष माधवकुमँर नेपालमाथि अख्तियारले लगाएको मुद्दा र त्यस मुद्दासँग जोडिएका विभिन्न कानूनी पक्षमा छलफल भएको बताएका छन् ।
