एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश
काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइलनमा प्रवेश गरेको हो ।
मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालका परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, शिवान्श बजगाईंले २३ रन जोडे । मलेसियाका नागिनेश्वरमले १ विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ४३ ओभर १ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो । मलेसियाका मोहम्मद फतुलले ३८, डियाज प्याट्रोले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् ।
नेपालका लागि अभय यादवले ४, शुभम् खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए । अब नेपालले उपाधिका लागि हङकङ र सिङ्गापुरबीचको विजेतासँग शनिबार खेल्ने छ ।

.gif)