sevenstartv.com ६ मंसिर २०८२, शनिवार

मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

१९ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा मलेसियाले नेपाललाई  ९० रनमा लक्ष्य दिएको छ । 

क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालल मलेसियालाई ४३।१ ओभरमा अलआउट गर्दै ९० रनमा रोकेको हो । ९१ रनको चुनौती पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मलेसियाका लागि मुहम्मद फतुल मुइनले सर्वाधि ३८ रन बनाउँदा डिज प्याट्रो १० रन थपे । उसका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि अभय यादवले चार विकेट हात पारे । १० ओभर बलिङ गर्दा १५ रन दिएर चार विकेट हात पारेका हुन् । शुभम खनालले तीन विकेट हात पारे । १० ओभर बलिङ गर्दा चार मेडन राख्दै १२ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि कप्तान विपिन शर्मा र सचिन भट्टले एकएक विकेट हात पारे ।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपाल उपाधि दाबेदार टिम हो । समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।

दोस्रो सेमिफाइनलमा आजै हङकङ र सिंगापुर भिड्दै छन्। हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो । सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्