sevenstartv.com १० चैत २०८२, मङ्गलवार

बम आक्रमणको धम्कीपछि नयाँदिल्लीमा सुरक्षा कडा

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की आएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई  मंगलबार बम विस्फोट हुने धम्कीको पत्र प्राप्त भएको थियो ।

सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीले प्रहरीलाई जानकारी दिएको  दिल्ली प्रहरीले बताएको छ । जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला परेको छैन ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्