दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीइ संसद्अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान १० बजेका लागि बोलाइएको छ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुनेछ ।
