sevenstartv.com १९ वैशाख २०८३, शनिवार

आणविक बम बनाउने सोच नभएको इरानी दाबी

१६ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । इरानका विदेश मन्त्री माजिद तख्त राभान्चीले इरानले गोप्य रूपमा आणविक बम बनाइ रहेको कुरालाई अस्वीकार गरेका छन् । उनले आणविक ऊर्जाका लागि वैज्ञानिकको साथ लिएको भने स्वीकार गरेका छन् ।

विदेश मन्त्रीले शून्य युरेनियम संवर्द्धनको कुरा गरेको तथा शून्य युरेनियम नभए बम प्रहार गर्ने अमेरिकी चेतावनी नै गैर न्यायिक भएको उनको जिकिर छ । इरानले अमेरिकासँगको कूटनीतिक वार्ताका लागि आक्रमण नगर्ने प्रतिबद्धता गर्नुपर्ने बताएका छन् ।

आणविक केन्द्र र सैन्य कमान्डरलाई लक्षित गर्दै इजरायलले लगातार १२ दिन आक्रमण गरेपछि अमेरिकाले इरानमा पनि आक्रमण गरेको थियो। सो आक्रमणपछि अमेरिकाले लगातार सो स्थानको सम्पूर्ण संरचना नास भएको दाबी गर्दै आएको छ ।

अर्कोतर्फ इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले इरानी आक्रमणले धेरै क्षति गरे पनि पूर्ण नास नगरेको बताए। उनले केही महिनामा नै सो संरचना पूर्ण रूपमा तयार हुने कुरामा जोड दिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्