नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
सोमबारदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाले बिहान १० बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरि बैठक बोलाएका हुन् ।
कांग्रेसको यस केन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समिति बारे निर्णय हुनसक्ने बताइएको छ । कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिएपनि उनीहरूले सो समयमा महाधिवेशन गर्न सकेका छैनन् भने पार्टीले ति तदर्थ समिति बारे अहिलेसम्म निर्णय लिएको छैन ।
यस बारे केन्द्रीय समितिको बैठकमा सरकारको काम प्रभावकारी नभएको विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसका दुवै महामन्त्री सरकारको काम बारे असन्तुष्ट छन्। उनीहरुले सरकारले ल्याएको बजेट बारे कुनै टिप्पणी नै गरेनन् ।
