sevenstartv.com ६ मंसिर २०८२, शनिवार

नेपाली युवा टोलीले आज इन्डोनेसियासँग खेल्दै

१५ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । एसीसी पुरुष यू-१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज नेपाली टोलीले इन्डोनेसियासँग खेल्ने भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा हुने खेल बिहान पौने ८ बजे सुरु हुनेछ । 

समूह ए मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ । समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समूह चरणमा खेलेको दुई खेलमध्य एक खेलमा जित र एक खेलमा हार भोगेको इन्डोनेसिया २ अंकसहित तालिकाको चौथो स्थानमा छ । 

समूह चरणको चार खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार भोगेको सिंगापुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमध्ये एक खेलमा जित र २ खेलमा हार भोगेको जापान २ अंकसहित तेस्रो स्थानमा छ। भुटान अंकविहीन रुपमा पुछारमा छ । समूह चरणको पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले हराएको नेपाली टोलीले दोस्रो खेलमा जापानमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको थियो । इन्डोनेसिया भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ९ विकेटले पाखा लगाएको थियो । 

समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध १ जुलाइमा खेल्ने तालिका छ । प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन् । समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्