sevenstartv.com ६ मंसिर २०८२, शनिवार

नेपाल आज लाओससँग खेल्दै

१५ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा सुरु हुने भएको छ । नेपालले लाओससँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । यो नेपाली महिला फुटबल टिमको एक सयौं अन्तराष्ट्रिय खेल पनि हो ।

छनोटमा नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलङ्का गरी चार टिमको सहभागिता छ ।  शनिबार भएको प्रि–म्याच कन्फरेन्समा सबै टिमले शीर्ष स्थानमा रहने लक्ष्य रहेको उल्लेख गरे। नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले , प्रतियोगितामा सबैले राम्रो फुटबल खेलुन् भन्ने चाहना रहेको प्रतिक्रिया दिएका छन् । 

उनले आफनो टिम नै समूह विजेता बन्ने विश्वास गर्दै माथिल्लो स्तरको प्रतिस्पर्धाको अपेक्षा गरेका छन् । सबै चारै टिमले राम्रो तयारी गरेको पनि उनको भनाइ थियो । सावित्रा भन्डारी, रेखा पौडेल, रेनुका नगरकोटी, प्रिती राई, सविता राना मगर, सरु लिम्बु, एन्जीला तुम्बापो सुब्बा लगायतको नेपाली टिम सन्तुलित छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्