sevenstartv.com १५ असार २०८३, सोमवार

पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : अध्यक्ष दाहाल

१४ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन् । 

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए । 

कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको जिकिर गरेका छन् । 

अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताए । 

सम्बन्धित समाचार