sevenstartv.com १५ असार २०८३, सोमवार

परराष्ट्रमन्त्री राणा आज इटली जाँदै

१३ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज इटलीको राजधानी रोम जानु हुने भएको छ ।

मन्त्री राणा खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन इटलीको राजधानी रोम जान लाग्नुभएको हो ।

सम्मेलन शनिबारदेखि विहीबारसम्म हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरु सहभागी हुने छन् ।

 

सम्बन्धित समाचार