कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्छ : श्रममन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताएका छन् ।
बिहीबार ललितपुरमा हामी एप सार्वजनिक कार्यक्रममा उनले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरुको समेत योगदान रहेको बताएका हुन् । उनकाअनुसार कोरियासहित विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् ।
ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउँदै श्रममन्त्री भण्डारी ति देशले नेपालीको योगदानलाई कदर गर्नुपर्ने बताए । उनकाअनुसार नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्छ ।
