काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा
काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यवद्धता भए लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् ।
बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताए ।
त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताएका हुन् । सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर अघि बढिरहेको छ ।
लागुऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको उनको भनाई छ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आ.व.मा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए ।
