फास्टट्रयाक अनुगमनका लागि प्रधानमन्त्री ओली जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमणका लागि आज त्यसतर्फ जाने भएका छन् ।
धेत्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइ रहेको काठमाडौं-निजगढ सुरुङको ब्रेक थ्रू का लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंकाअनुसार ओली आज हेटौंडासम्म पुग्ने कार्यक्रम रहेको छ । ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
