sevenstartv.com १५ असार २०८३, सोमवार

पूर्वप्रधानमन्त्री नेपालविरुद्धको मुद्दामा  बहस सकियो, आदेश जारीको तयारी

११ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ । विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो । न्यायाधीशहरुले आदेश जारी गर्ने तयारी गरेका छन् । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहनुभएका नेपालले आफूविरुद्धको मुद्दामा विशेष अदालतमा बुधबार बयान दिएपछि बहस थालिएको थियो । दिउँसोबाट थालिएको बहस साँझ सकिएको हो । नेपालका तर्फबाट पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीसहित ५ जना वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । उनीहरुले पूर्वप्रधानमन्त्री नेपाललाई थुन् भने नहुनेमा जोड दिएका छन् । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् । 

नेपालका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले अख्तियारको तर्फबाट बहस पैरवी गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तमाथि प्रश्न उठाएका छन् । थुनछेक बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले अख्तियारको तर्फबाट बहस पैरवीमा पन्त विशेष अदालतमा उपस्थित भएकोमा आपत्ति जनाएका हुन् । वरिष्ठ अधिवक्ता थापाले मुद्दाको आरोपपत्रमा सरकारी वकिलहरूले बहस पैरवी गर्ने भन्ने उल्लेख भए पनि त्यस विपरीत भएको तर्क गरे । सरकारी वकिलको साटो स्वतन्त्र कानुन व्यवसायी पन्त बहस पैरवीमा उपस्थित भएको भन्दै थापाले कडा प्रतिवाद गरे । 

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध गएको जेठ २२ गते विशेष अदालतमा मुद्दा दर्ता दायर गरेको हो । 

 

सम्बन्धित समाचार