सरकारले गर्याे चार सचिवको सरुवा
काठमाडौं । सरकारले चार सचिवको सरुवा गरेको छ । असार ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका थिए ।
बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको हो ।
त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव महादेव पन्थको निर्वाचन आयोगमा सरुवा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रकमा सरुवा गरिएको छ भने डा।खगेन्द्रप्रसाद सुवेदीलाई गण्डकी प्रदेशको मुख्यसचिवको जिम्मेवारी दिइएको छ ।
त्यस्तै बैठकले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक ९डीआईजी० हरूको म्याद थप गर्ने निर्णय गरेको छ । डीआईजीद्वय कुमार न्यौपाने र कालिदास धौवजीको म्याद थप गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
