विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छ : प्रमुख सचेतक पाण्डे
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताएका छन् ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले मन्त्रीले समितिमा आएर विधेयक छिटो गर्नुपर्छ भन्ने गरेको तर सरकारकै कारण विधेयक पारित हुनबाट ढिलाइ भइरहेको आरोप लगाए ।
उनले सरकारले विधेयकबारे गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
