माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुने भएका छन् ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका क्रममा उनी अदालतमा आफैँ हाजिर हुन लागेका हुन् ।
अदालतको दैनिक मुद्दा सूची ९कज लिस्ट० आउनासाथ नेपाललाई त्यहाँ लगिने बताएइएको छ । अदालतले म्याद तामेलीपत्र पठाइएको छैन । सार्वजनिक चर्चामा सुनेका आधारमा पनि कुनै मुद्दाका विषयमा सम्बन्धित व्यक्ति अदालतमा हाजिर हुन पाइने सुविधा उपयोग गर्दै नेपाल जान लागेका हुन्।
