दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने अनुदानमात्रै लिनुपर्छ : जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै लिनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्नसक्ने अनुदानमात्रै सरकारले लिनु उचित हुने बताएका हुन् । उनले नेपालले पैसामा लगानी गर्ने नभइ नीतिमा लगानी गर्ने गरेको बताए ।
सरकारले लिएका बढी अनुदानहरु नीतिगत हस्तक्षेपको रुपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको जिकिर गरेका हुन् । आफूले भनेअनुसार लगानी गर्न नपाउँदा देशको आवश्यकताअनुसार चल्न नसकिएको बताए ।
राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता स्वीकार गर्न जरुरी रहेको उनको भनाइ छ । दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरु मात्रै स्वीकार गर्न आवश्यक रहेको बताएका छन् ।
