sevenstartv.com १५ असार २०८३, सोमवार

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर गर्न जरुरी छ : मन्त्री यादव

९ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तीनै तहका सरकारले खानेपानी क्षेत्रमा मात्रै ध्यान केन्द्रित गर्दा सरसफाईको क्षेत्र उपेक्षित भएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् । सरसफाईको क्षेत्रलाई प्राथमिकतामा ल्याउन सबै दलहरुले राजनीतिक प्रतिवद्धता गर्न आवश्यक रहेको बताए । 

मन्त्री यादवले खुला दिशामुक्त क्षेत्र घोषणाजस्तै सरसफाईलाई समेत राष्ट्रिय अभियानको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले सन् २०३० सम्म ९९ प्रतिशत जनतालाई आधारभुत खानेपानी र ९० प्रतिशत जनतालाई शुद्ध खानेपानी पुर्याउने सरकारको लक्ष्य रहेको समेत बताए । 

सम्बन्धित समाचार