राष्ट्रियसभा बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
